झापा इनर्जीको १० मेगावाट सौर्य विद्युत उत्पादन पूर्ण क्षमतामा पुनः सुचारु
काठमाण्डौ । शिवसताक्षी–४, झापामा सञ्चालित झापा इनर्जी लिमिटेडको १० मेगावाट क्षमताको ग्रिडमा आबद्ध सौर्य विद्युत आयोजनाले पुनः पूर्ण क्षमतामा विद्युत उत्पादन सुरु गरेको छ।आयोजनामा जडित ५/५ मेगावाट क्षमताका दुईवटा इन्भर्टरमध्ये एक इन्भर्टरमा गत जेठ १८ गते दिउँसो करिब १ः४२ बजे आगलागी भएपछि उक्त इन्भर्टरबाट हुने ५ मेगावाट विद्युत उत्पादन अवरुद्ध भएको थियो।

