बुधबार, श्रावण १३,२०८३ 04:05:44
Bizshala
  • बुधबार, श्रावण १३,२०८३ 04:05:44
Bizshala
Global IME Bank Limited

झापा इनर्जी नाफामा फर्कियो, विद्युत बिक्री आम्दानी बढ्यो

झापा इनर्जी नाफामा फर्कियो, विद्युत बिक्री आम्दानी बढ्यो
New Office

काठमाण्डौ । हालै आईपीओ निष्कासन गरेको झापा इनर्जी लिमिटेड चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार यस अवधिमा १ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनी ३७ लाख ९७ हजार रुपैयाँ घाटामा रहेको थियो।

विद्युत बिक्रीबाट कम्पनीको आम्दानी बढेको छ। दोस्रो त्रैमाससम्म विद्युत बिक्रीमार्फत ५ करोड ३७ लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले अघिल्लो वर्षको सोही अवधिमा ४ करोड ६३ लाख रुपैयाँ मात्र आम्दानी गरेको थियो। यसले सञ्चालन आयमा सुधार देखाएको संकेत गर्छ।

यद्यपि, आम्दानीसँगै कम्पनीको खर्च संरचना पनि दबाबमा देखिएको छ। साधारण खर्च २६ लाख १५ हजार रुपैयाँबाट बढेर ५४ लाख १३ हजार रुपैयाँ पुगेको छ भने प्रशासनिक खर्च २० लाख ४६ हजार रुपैयाँबाट बढेर ४७ लाख २४ हजार रुपैयाँ कायम भएको छ।

सकारात्मक पक्षका रूपमा कम्पनीको वित्त खर्च भने उल्लेख्य रूपमा घटेको छ। अघिल्लो वर्ष दोस्रो त्रैमाससम्म २ करोड ८५ लाख रुपैयाँ रहेको वित्त खर्च चालु आवमा घटेर १ करोड ८६ लाख रुपैयाँमा सीमित भएको छ। साथै, कम्पनीले २२ लाख रुपैयाँ बराबरको अन्य आम्दानी पनि गरेको छ।

समीक्षा अवधिसम्म कुल चालु सम्पत्ति २ करोड ४७ लाख रुपैयाँ रहेको छ भने कुल चालु दायित्व ४ करोड ६१ लाख रुपैयाँ पुगेको छ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)५.५३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १००.९२ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २२३.९१ रुपैयाँ र तरलता अनुपात ०.५४ प्रतिशत रहेको छ ।   

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.