सोमबार, फाल्गुन ४,२०८२ 11:56:44
Bizshala
  • सोमबार, फाल्गुन ४,२०८२ 11:56:44
Bizshala
Global IME Bank Limited

होटल फरेष्ट इनको आईपीओ बाँडफाँड, ३ लाख ३२ हजारले पाए १० कित्ता सेयर

होटल फरेष्ट इनको आईपीओ बाँडफाँड, ३ लाख ३२ हजारले पाए १० कित्ता सेयर
Shivam Cement

काठमाण्डौ । होटल फरेष्ट इन लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । उक्त आईपीओ धितोपत्र बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले काठमाण्डौको बुढानिलकण्ठमा रहेको होलिडे इन रिसोर्टमा आज बिहान बाँडफाँड गरेको हो । 

कम्पनीले गत माघ २२ गतेदेखि २६ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो । एनआईसी एशिया क्यापिटलका अनुसार कम्पनीको आईपीओमा कुल २६ लाख ६० हजार ४५२ आवेदकबाट २ करोड ९९ लाख ७८ हजार ८६० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

यसमध्ये २ करोड ६१ लाख ५७ हजार ३६० कित्ता सेयरका लागि परेको २४ लाख ४ हजार ४७७ आवेदन सदर भएको छ । सि–आस्वा सदस्यले रिजेक्ट गरेको आवेदकको संख्या २ लाख ५५ हजार ९७५ रहेको छ भने बदर आवेदकको संख्या ३३ हजार १६२ रहेको छ ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

कुल सदर आवेदकमध्ये ३ लाख ३२ हजार जनालाई १० कित्ताका दरले ३३ लाख २० हजार कित्ता सेयर बाँडफाँड गरिएको छ ।

आईपीओको नतिजा मेरो सेयर तथा सिडिएस एण्ड क्लियरिङको वेबसाइटमार्फत हेर्न सकिनेछ ।  

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.