बुधबार, श्रावण १३,२०८३ 05:18:42
Bizshala
  • बुधबार, श्रावण १३,२०८३ 05:18:42
Bizshala
Global IME Bank Limited

श्रीनगर एग्रीटेकको आईपीओ बाँडफाँड, ३ जना भाग्यमानीले पाए थप एक कित्ता

श्रीनगर एग्रीटेकको आईपीओ बाँडफाँड, ३ जना भाग्यमानीले पाए थप एक कित्ता
New Office

काठमाण्डौ । श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । उक्त आईपीओ धितोपत्र बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको कार्यालयमा आज बिहान बाँडफाँड भएको हो ।  

कम्पनीले गत असोज २६ गतेदेखि २९ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो । नबिल इन्भेष्टमेन्ट बैंकिङका अनुसार कम्पनीको आईपीओमा कुल १८ लाख ९८ हजार ३३३ आवेदकबाट २ करोड ५ लाख ६८ हजार २१० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ ।  

यसमध्ये १८ लाख ६९ हजार ३३० आवेदन सदर र २६ हजार ६३६ आवेदन बदर भएको छ ।  यसरी कुल सदर आवेदकबाट २ करोड २ लाख ५० हजार ५१० कित्ता सेयरका लागि खरिद आवेदन परेको छ ।  

कुल सदर आवेदकमध्ये २ लाख ५१ हजार ४९ जनालाई १० कित्ताका दरले २५ लाख १० हजार ४९० कित्ता सेयर बाँडफाँड गरिएको छ । बाँकी ३ जनालाई थप एक/एक कित्ताका दरले थप ३ कित्ता बाँडफाँड गरिएको छ ।    

आईपीओको नतिजा मेरो सेयर तथा सिडिएस एण्ड क्लियरिङको वेबसाइटमार्फत हेर्न सकिनेछ 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.