मंगलवार, कार्तिक ३,२०८३ 03:32:53
  • मंगलवार, कार्तिक ३,२०८३ 03:32:53
Global IME Bank Limited

सर्वोत्तम पेन्ट्सको आईपीओ बाँडफाँड, कसरी हेर्ने नतिजा ?

Bizshala
सर्वोत्तम पेन्ट्सको आईपीओ बाँडफाँड, कसरी हेर्ने नतिजा ?
New Office

काठमाण्डौ । सर्वोत्तम पेन्ट्स ईष्डष्ट्रिज लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले गत जेठ २८ गतेदेखि असार २ गतेसम्म आम सर्वसाधारणलाई निष्कासन गरेको आईपीओ आज बिहान बिक्री प्रबन्ध ग्लोबल आइएमई क्यापिटलको नक्सालस्थित रजिष्टर्ड कार्यालयमा बाँडफाँड भएको छ ।

क्यापिटका अनुसार उक्त आईपीओमा मागभन्दा बढी आवेदन प्राप्त भएकाले उक्त आईपीओ बाँडफाँड गोलाप्रथा विधिबाट गरिएको छ। कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता रु. १०० अंकित दरका ७ लाख ५ हजार ५ सय कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये कम्पनीको उक्त आईपीओमा कुल २८ लाख ९४ हजार २३२ आवेदन परेको छ । यसमध्ये २८ लाख ५० हजार २५ आवेदन सदर भएको छ ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

आईपीओ खरिदका लागि आवेदन दिने ४४ हजार २०७ वटा आवेदन भने बदर भएको छ ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

कुल सदर आवेदकमध्ये ७० हजार ५५० जनालाई १० कित्ताका दरले ७ लाख ५ हजार  ५ सय कित्ता आईपीओ बाँडफाँड गरिएको ग्लोबल आइएमई क्यापिटलले जनाएको छ । अन्य आवेदकको हात भने रित्तो भएको छ ।  

आईपीओको नतिजा मेरो सेयर तथा सिडिएस एण्ड क्लियरिङको वेबसाइटमार्फत हेर्न सकिनेछ । 

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.