आईतवार, असार २२,२०८२ 07:02:56
  • आईतवार, असार २२,२०८२ 07:02:56
Global IME Bank Limited

गार्डियन माइक्रो लाइफको आईपीओ बाँडफाँड, १६.३७ लाख आवेदकको हात खाली

Hyundai Nepal
गार्डियन माइक्रो लाइफको आईपीओ बाँडफाँड, १६.३७ लाख आवेदकको हात खाली
Nabil Bank Limited

काठमाण्डौ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । धितोपत्र बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालयमा आज बिहान कम्पनीको आईपीओ बाँडफाँड सम्पन्न भएको हो ।  

कम्पनीले गत पुस १९ गतेदेखि २४ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरका १८ लाख ४५ हजार कित्ता आईपीओ सर्वसाधारणका लागि जारी गरेको थियो । क्यापिटलका अनु्सार कम्पनीको आईपीओमा कुल १८ लाख ३० हजार ८५७ आवेदकबाट २ करोड ३२ लाख २ हजार ५४० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ ।  

यसमध्ये १८ लाख २२ हजार ४०५ कित्ता सदर भएको र ८ हजार ४५२ आवेदन बदर भएको क्यापिटलले जनाएको छ ।  

यसरी कुल सदर आवेदकबाट २ करोड ३० लाख ३५ हजार ७३० कित्ता सेयरका लागि खरिद आवेदन परेको छ ।  

कुल सदर आवेदकमध्ये १ लाख ८४ हजार ५०० जनालाई १० कित्ताका दरले १८ लाख ४५ हजार कित्ता सेयर बाँडफाँड गरिएको छ । यसरी बाँकी १६ लाख ३७ हजार ९०५ सदर आवेदकको हात भने खाली भएको छ ।

यो आईपीओमा मागभन्दा १२.५८ गुणा बढी आवेदन परेको थियो । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.