मंगलवार, आश्विन १३,२०८३ 06:28:30
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 06:28:30
Bizshala
Global IME Bank Limited

बजार घट्दा पनि सर्वोत्तम सिमेन्टको सेयर भाउ बुलिस सेन्टिमेन्टमा, अबको टार्गेट कतिमा ?

Bizshala
बजार घट्दा पनि सर्वोत्तम सिमेन्टको सेयर भाउ बुलिस सेन्टिमेन्टमा, अबको टार्गेट कतिमा ?
New Office

काठमाण्डौ । सर्वोत्तम सिमन्ट नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत सिमन्ट कम्पनीमध्ये एक हो । यो कम्पनीले सर्वसाधरणका लागि बुक विल्डिङ बिधिबाट प्रतिकित्ता रु. १०० रुपैयाँमा २६०.९० रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ३६०.९० रुपैयाँका दरले आईपीओ निष्कासन गरेको थियो । उच्च खरिद चाप परेकोले चिठ्ठा विधिबाट कम्पनीको आईपीओ बाँडफाँड गरिएको थियो । आईपीओ पाउने प्रत्यकेले ५० कित्ताको दरले सेयर पाएका थिए ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

आधारभूत पक्षः  

गत आर्थिक वर्षको चौंथो त्रैमासिक प्रतिवेदनअनुसार कम्पनीको चुक्तापूँजी ४ अर्ब ६५ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ४ अर्ब ५९ करोड रुपैयाँ रहेको छ । योसँगै कम्पनीको कुलपूँजी ९ अर्ब २४ करोड ५४ लाख रुपैयाँ रहेको छ । कम्पनीको खुद मुनाफा १७ करोड ४२ लाख रुपैयाँ रहेको छ । यस्तै कम्पनीको प्रतिसेयर आम्दानी ३.७५ रुपैयाँ रहेको छ । बुक भ्यालु १९८.८३ रुपैयाँ रहेको कम्पनीको रिर्टन अन इक्विटी १.८९ रुपैयाँ रहेको छ ।  

प्राविधिक पक्षः  

फियर एण्ड ग्रिड इन्डेक्स  

फियर एण्ड ग्रिड इन्डेक्समा यो कम्पनीको सेयर, बजार घट्दा पनि बुलिस सेन्टिमेन्टमा नै चलेको देखिन्छ । यो इन्डेक्समा जीरोदेखि २० सम्म रहेमा स्ट्रङ वियरिस र ८० देखि माथि रहेमा स्ट्रङ बुलिस भन्ने हो । हाल ६० को तहमा यो कम्पनीको सेयर भाउ सामान्य बुलिस अवस्थामा रहेको छ ।  

बोलिङ्गर ब्याण्ड ,म्याक्डी र आरएसआई

बोलिङ्गर ब्याण्डको आधारमा यो कम्पनीको सेयर हाल मध्य ब्याण्डबाट तल खसेको छ । अर्थात तल्लो ब्याण्ड ७०० सम्म पनि आउन सक्छ । म्याक्डीको आधारमा यो कम्पनी हिस्टोग्राम सकरात्मक रहेता पनि फिक्का र करिब वियरिस क्रसओभर भन्दै गरेको देखिन्छ । आरएसआई न्यूट्रल जोनबाट खसेर ४१  को तहमा आएको छ । समग्रमा सबै इन्डिकेटरबाट नियाल्दा यो कम्पनीको सेयर भाउमा बिक्री दबाब परेको देखिन्छ ।

पिभट् प्वइन्टः  

पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ – ८८०

प्रतिरोध २ – ८५७

प्रतिरोध १–  ८२६

पिभट प्वइन्टः ८०३

घटेमा सपोर्ट  

सपोर्ट १– ७७२

सपोर्ट २– ७४९

सपोर्ट  ३ – ७१८

निष्कर्षः आधारभूत रुपमा यो कम्पनी औषत नै रहेको देखिन्छ । कम्पनीको प्रतिसेयर आम्दानी र रिर्टन अन इक्विटीमा कुनै प्रगति भएको देखिदैन । कम्पनीको बुक भ्यालु र जगेडा कोष भने सन्तोषजनक नै रहेको छ । प्राविधिक रुपमा यो कम्पनीको सेयर भाउ फियर एण्ड ग्रिड इन्डेक्समा बजार घट्दा पनि बु्लिस सेन्टिमेन्टमा चलेको देखिन्छ । इन्डिकेटरबाट नियाल्दा भने कम्पनीको सेयर मूल्यमा सामान्य बिक्री दबाब परेको देखिन्छ । हाल ७५५ रुपैयाँमा चलेको यो कम्पनीको सेयर भाउ बढेमा पिभट् प्वइन्टको तेस्रो प्रतिरोधसम्म टार्गेट सेट गर्न सकिन्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.