बिहीबार, चैत्र २१,२०८१ 04:42:31
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 04:42:31
IME remit
Global IME Bank Limited

आम्दानी बढेसँगै ६८९.२३% ले बढ्यो सर्वोत्तम सिमेन्टको नाफा

Hyundai Nepal
आम्दानी बढेसँगै ६८९.२३% ले बढ्यो सर्वोत्तम सिमेन्टको नाफा
Nabil Bank Limited

काठमाण्डौ । सर्वोत्तम सिमेन्ट लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्म २४ करोड १४ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले आर्जन गरेको तुलनामा ६८९.२३ प्रतिशतले बढी हो ।  कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा ३ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  

समीक्षा अवधिसम्म कम्पनीको आम्दानी पनि बढेको छ । कम्पनीले बिक्रीमार्फत ३ अर्ब ९८ करोड रुपैयाँ आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ३५.९४ प्रतिशतले बढी हो । कम्पनीले ७ करोड १८ लाख रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ । यो अवधिमा कम्पनीको कुल खर्च घटेको छ । अघिल्लो आवमा ४२ करोड ८ लाख रुपैयाँ रहेको कम्पनीको कुल खर्च घटेर ४१ करोड ७६ लाखमा सीमित बनेको छ ।  

Shivam Cement
Bizshala
CG Motors

कम्पनीको रिभ्यालुयसन रिजर्भमा ३३ करोड ६८ लाख रुपैयाँ सञ्चित रहेको छ । कम्पनीको चुक्तापूँजी ४ अर्ब ९७ करोड रुपैयाँ रहेको छ । कम्पनीको कुल चालु सम्पत्ति ४ अर्ब ९७ करोड र कुल चालु दायित्व ४ अर्ब ८५ करोड रुपैयाँ रहेको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)९.७० रुपैयाँ,प्रतिसेयर नेटवर्थ १८६.६६ रुपैयाँ,प्रतिसेयर  कुल सम्पत्तिको मूल्य २९५.२० रुपैयाँ र तरलता अनुपात १.०२ प्रतिशत कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.