सोमबार, फाल्गुन ४,२०८२ 02:17:34
Bizshala
  • सोमबार, फाल्गुन ४,२०८२ 02:17:34
Bizshala
Global IME Bank Limited

सर्वोत्तम सिमेन्टको साधारण सभा सम्पन्न, लाभांश पारित

सर्वोत्तम सिमेन्टको साधारण सभा सम्पन्न, लाभांश पारित
Shivam Cement

काठमाण्डौ । सर्वोत्तम सिमेन्ट लिमिटेडको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको उक्त सभा मंसिर २६ गते शुक्रबार बिहान ११ बजे होटल सिद्धार्थ भिलासा रुपन्देही भैरहवामा सञ्चालक समितिका अध्यक्ष विष्णुप्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको हो ।

उक्त साधारण सभामा ७६ प्रतिशत भन्दा बढी सेयरधारण गर्ने सेयधनीहरूको उपस्थित भएको थियो । साधारण सभामा कम्पनीका अध्यक्ष विष्णुप्रसाद न्यौपानेले दीप प्रज्वलनसहित उद्घाटन गरे भने उद्घाटन कार्यक्रममा सञ्चालक समितिका अन्य सदस्यहरुले समेत साथ दिएका थिए ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

सभाको उद्घाटनसँगै सञ्चालक समितिका अध्यक्षले सञ्चालक समितिको तर्फबाट प्रस्तुत गर्नुपर्ने प्रतिवेदन तथा अध्यक्षको मन्तव्य सहितको प्रतिवेदन सभा समक्ष पेश गरेका थिए । उक्त प्रतिवेदनमाथि सहभागी सेयरधनीहरूले छलफलमा भाग लिंदै कम्पनीले हाल राम्रो काम गरिरहेको र आगामी दिनमा समेत अझै राम्रो प्रगति गर्नुपर्ने कुरामा विशेष जोड दिए ।

सेयरधनीहरूले छलफलमा उठाएका विषयवस्तुलाई कम्पनीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतले जवाफ दिएका थिए । साधारण सभामा अध्यक्षले प्रस्तुत गरेका सञ्चालक समितिको प्रतिवेदन वासलात तथा कम्पनीको समग्र विषयवस्तुमाथि छलफल भएपश्चात साधारण सभाले सामान्य प्रस्ताव र विशेष प्रस्तावहरु पास गरेको थियो ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

साधारण सभाका प्रस्तावहरुमा आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पास गरेको थियो भने लेखा परीक्षण प्रतिवेदनसहितको २०८२ असार मसान्तसम्मको वित्तीय विवरण वासलात नाफा नोक्सान नगद प्रवाह विवरण सहित को वित्तीय विवरण समेत पास गरेको थियो ।

कम्पनीले २०८१/८२ को मुनाफाबाट २० प्रतिशत लाभंश पास गरिएको थियो । जसमा ५ प्रतिशत बोनस र १५ प्रतिशत नगद लाभंश करसहित साधारण सभाले पास गरेको थियो । 

साधारण सभाले लेखापरीक्षकको नियुक्ति तथा बोनस सेयर वितरण गरेपश्चात प्रबन्धपत्र नियमावलीमा संशोधन लगायतका लेखापरीक्षक नियुक्ति लगायतका विषयवस्तुहरू समेत सभाले पारित गरिएको थियो ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.