काठमाण्डौ । सर्वोत्तम सिमेन्ट लिमिटेडको नाफा घटेको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्ममा १७ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा १८.५१ प्रतिशतले कम हो । अघिल्लो आवको चौथो त्रैमाससम्म कम्पनीले २१ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समीक्षा अवधिसम्म कम्पनीको खुद आम्दानी भने बढेको छ । कम्पनीले बिक्रीमार्फत ६ अर्ब ३७ करोड रुपैयाँ आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १८.४६ प्रतिशतले बढी हो । कम्पनीले ४ करोड ३५ लाख रुपैयाँबराबरको अन्य अन्य आम्दानी गरेको छ । कम्पनीको कुल खर्च घटेको छ । कुल खर्च १३.९७ प्रतिशतले घटेर ६१ करोड ३७ लाख रुपैयाँमा सीमित बनेको छ ।
कम्पनीको रिभ्यालुयसन रिजर्भमा ३३ करोड ६८ लाख रुपैयाँ सञ्चित रहेको छ । कम्पनीको चुक्तापूँजी ४ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । यो अवधिसम्म कम्पनीले २ अर्ब ९२ करोड रुपैयाँ अल्पकालिन र १३ करोड ५७ लाख रुपैयाँ दीर्घकालिन कर्जा लिएको छ । कम्पनीको कुल चालु सम्पत्ति ४ अर्ब ९५ करोड र कुल चालु दायित्व ४ अर्ब ५ करोड रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)३.७५ रुपैयाँ,प्रतिसेयर नेटवर्थ १९८.८३ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य २९६.८६ रुपैयाँ र तरलता अनुपात १.२२ प्रतिशत कायम भएको छ ।