बिहीबार, श्रावण १४,२०८३ 12:52:26
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 12:52:26
Bizshala
Global IME Bank Limited

सर्वोत्तम सिमेन्टको आईपीओमा वैदेशिक रोजगारीमा रहेका लगानीकर्ताबाट हारालुछ, मागभन्दा ७ गुणा आबेदन

सर्वोत्तम सिमेन्टको आईपीओमा वैदेशिक रोजगारीमा रहेका लगानीकर्ताबाट हारालुछ, मागभन्दा ७ गुणा आबेदन
New Office

काठमाण्डौ । सर्वोत्तम सिमेन्टले गत पुस २५ गतेदेखि उद्योग प्रभावित स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि आईपीओ निष्कासन गरिरहेको छ ।  

कम्पनीले उद्योग प्रभावित स्थानीयलाई ९ लाख ३० हजार कित्ता र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई २ लाख ६७ हजार कित्ता सेयर निष्कासन  गरेको हो ।

सीडीएसीले दिएको जानकारी अनुसार वैदेशिक रोजगारीमा रहेका नेपालीलाई जारी भएको कुल कित्तामध्ये आइतबार साँझसम्म २८ हजार ६७२ जना आबेदकबाट  १८ लाख ५८ हजार ४०० कित्ता सेयर माग भएको छ । यो भनेको मागभन्दा करिब ७ गुणा बढी आवेदन हो ।  

उता यसबाहेक उद्योग प्रभावित स्थानीयको हकमा हालसम्म कति आवेदन पर्यो भन्ने बारेमा कुनै जानकारी प्राप्त हुन सकेन । आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्कासन चाडोमा माघ १० गते र ढिलोमा माघ २५ गते बन्द हुनेछ । त्यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने माघ १० गते बन्द हुनेछ ।

बुक बिल्डिंग विधिबाट निष्कासन गरिएको सेयरको मूल्य प्रतिकित्ता  ३६०.९० रुपैयाँ निर्धारण गरिएको छ।

लगानीकर्ताले न्युनतम ५० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । 

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी ४ अर्ब ६५ करोड रुपैयाँको १२.९०३३ प्रतिशतले हुन आउने ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता सेयर बुक विल्डिङ प्रक्रियामार्फत निष्कासन गर्न अनुमति पाएको हो ।

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल छ।

 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.