आईतवार, असार २२,२०८२ 03:19:11
  • आईतवार, असार २२,२०८२ 03:19:11
Global IME Bank Limited

सर्वोत्तमको सेयरमा कर्नरिङ, बुक बिल्डिङमा ५० कित्ता अभिसाप बन्दै

Hyundai Nepal
सर्वोत्तमको सेयरमा कर्नरिङ, बुक बिल्डिङमा ५० कित्ता अभिसाप बन्दै
Nabil Bank Limited

काठमाण्डौं । केही समय पहिले सर्वोत्तम सिमेन्टका एक सञ्चालकले सेयर बजारका खेलाडीले कम्पनीको सेयर माथि पुर्याउने आँकलन गरेका थिए । अहिले उनले गरेको आँकलन मिल्न पुगेको छ । सर्वोत्तम सिमेन्टको सेयरमा खेलाडीले सेयर कर्नरिङ गरेर सेयरमूल्य उचालिरहेका छन् । कम्पनीको सेयर दोस्रो बजारमा कारोबारमा आएसँगे दिनकै सेयरमूल्यमा सकारात्मक सर्किट लागिरहेको छ । दोस्रो बजारमा कम्पनीको सेयर संख्या थोरै भएको फाइदा उठाउँदै खेलाडीहरुले खुलेआम सेयर कर्निरिङ गरिरहेका छन् ।

लगानीकर्ताले सर्वोत्तम सिमेन्ट दोस्रो बजारमा कारोबारमा आएपछि अन्य सिमेन्ट कम्पनीहरुको पनि सेयरमूल्य बढ्ने अनुमान गरेका थिए । अघिल्लो पटक हिमालयन रि इन्स्योरेन्सको सेयर कारोबारमा आउँदा नेपाल रि –इन्स्योरेन्सको सेयरमूल्य बढेको थियो । लगानीकर्ताले त्यहि प्रवृत्ति सर्वोत्तम सिमेन्टमा पनि दोहोरिने अनुमान गरेका थिए र तर अनुमान विपरीत सर्वोत्तमको सेयर कारोबारमा आएपछि अन्य सिमेन्ट कम्पनीको सेयरमूल्य भने घटेको छ । यो आँकलनलाई आधार मानेर अन्य सिमेन्ट कम्पनीमा लगानीक गरेका लगानीकर्ता आफ्नो निर्णयप्रति दुख मनाउ गरिरहेका छन् । सर्वोत्तम सिमेन्ट कारोबार आए पछि सोना र शिवम् सिमेन्ट जस्ता कम्पनीको सेयरमूल्य ५० रुपैयाँ घटिसेकेको छ ।

दोस्रो बजारमा कारोबारमा आएको आज सातौं दिन पुग्दा सर्वोत्तमको सेयरमूल्य प्रतिकित्ता १ हजार ८२ रुपैयाँ पुगेको छ । यो कम्पनीको सेयर पहिलो पल्ट बुक विल्डिङ विधिबाट आएको हो । बुक विल्डिङ विधिमार्फत आईपीओ निष्कासन गर्दा आम सर्वसाधारणलाई न्यूनतम ५० कित्ता आवेदन दिनुपर्ने प्रावधान छ । यस्तै कम्पनीले बिक्रीमा ल्याएको कुल कित्तामा ४० प्रतिशत संस्थागत समूह र र ६० प्रतिशत सर्वसाधारणको लागि छुट्याउनु पर्छ ।  

सर्वोत्तम कम्पनीको कट्अफ मूल्यसहित सर्वसाधारणलाई प्रतिकित्ता ३६०.९० रुपैयाँमा बिक्री गरिएको थियो । कम्पनीका संस्थागत लगानीकर्तालाई २४ लाख कित्ता सेयर दिएर बाँकी सर्वसाधरणको लागि निष्कासन गरिएको थियो । संस्थागत लगानीकर्ताहरुले ६ महिना उक्त सेयर बिक्री गर्न पाँउदैनन् । साथसाथै योग्य संस्थागत लगानीकर्ताको हकमा पनि बुक विल्डिङ निर्देशिका अनुसार सर्वोत्तमा सिमेन्टको सेयर ६ महिना बिक्री गर्न पाँउदैनन् ।  

CG Motors
Muktinath Bikas Bank Limited

नेप्से उच्च स्रोतका अनुसार अहिले सर्वोत्तमको आईपीओको सेयर आकासिनुमा मूख्य २ वटा कारण छन् । संस्थागत सेयर लगानीकर्ता जस्तै म्युचुअल फण्डहरु र योग्य संस्थागतका लागि बाँडफाँड भएको मितिले ६ महिना कारोबार बन्देज लगाउनु र ५० कित्ताको व्यवस्था अव्यवहारिक हुनु नै आईपीओको सेयर उचालिनुका दुई मुख्य कारण भएको नेप्से स्रोतले दाबी गरेको छ ।  

स्रोत भन्छ,‘यसले नयाँ–नयाँ कम्पनीहरुको सप्लाई रोकिएर सेयरको मूल्य आकासिएको छ । बुक विल्डिङ विधिमा न्यूनतम ५० कित्ता नै अव्यवाहरिक भयो । किनकी न्युनतम  १० कित्ता हुन्थ्यो भने धेरै लगानीकर्ताको हातमा सेयर भए पछि सप्लाइ आँउथ्यो । यही कारणले सर्वोत्तमको सेयर १ हजार माथि पुगेको हो । अब धितोपत्र बोर्डले  बुक विल्डिङको कार्यविधि हेरफेर गर्नु पर्छ ।’ स्रोतले भन्यो,‘हाम्रो जस्तो थोरै संस्थागत लगानीकर्ता भएको ठाँउमा बुक विल्डिङमा पनि मिलिमतो हुन सक्छ । कम्तीमा १ हजार संस्थागत लगानीकर्ता भएको ठाँउमा मात्रै बुक विल्डिङमा फेयर काम हुन सक्छ । यिनै लुप होलमा आज अन्य सिमेन्ट कम्पनीको सेयर भाउ घट्दा सर्वोत्तमको सेयर भाउ बढेको छ । ’

यस्तै बजारस्थित स्रोत भन्छ,‘बजारबाट फेरी अर्बौ रुपैयाँ बाहिरिन सक्छ । आज मात्रै यो कम्पनीको १९ करोड माथि सेयर कारोबार भएको छ । आज मात्रै ब्रोकर नम्बर ५८,१४ र ४९ बाट ठूलै कित्ता बिक्री भएको छ । ’

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.