काठमाण्डौ । अन्नपूर्ण माछा दाना उद्योगले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आईपीओको प्रस्ताव पारित गर्न साधारण सभा आयोजना गर्ने भएको छ ।
कम्पनीले आगामी मंसिर २० गते प्रथम वार्षिक साधारण सभा आयोजना गर्दैछ । उक्त सभा चितवनको खैरेनी नगरपालिकामा रहेको कम्पनीको कार्यालयमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
सभामा आईपीओ निष्कासन सम्बन्धी छलफल गरी पारित गरिनेछ ।
यस्तै कम्पनीको चुक्तापूँजी वृद्धि गरी ४० करोड २० लाख कायम गर्ने र सोही बमोजिम प्रबन्धपत्र संशोधन गर्ने र सञ्चालक समितिको गठन गर्ने प्रस्ताव पारित गरिनेछ ।
सभामा कम्पनीको गत आवको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने र उक्त अवधिको वित्तीय विवरणहरु समेत पारित गरिनेछ ।

