Capital Market

अन्नपूर्ण माछा दाना उद्योगले आईपीओ जारी गर्ने

काठमाण्डौ । अन्नपूर्ण माछा दाना उद्योगले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आईपीओको प्रस्ताव पारित गर्न साधारण सभा आयोजना गर्ने भएको छ ।  कम्पनीले आगामी मंसिर २० गते प्रथम वार्षिक साधारण सभा आयोजना गर्दैछ । उक्त सभा चितवनको खैरेनी नगरपालिकामा रहेको कम्पनीको कार्यालयमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।