काठमाण्डौ । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आईपीओ निष्कासनको तयारी गरेको छ ।
कम्पनीले आईपीओ निष्कासनको अजेण्डा पारित गर्न विशेष साधारण सभा डाकेको छ । साउन १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी साउन ३१ गतेका लागि विशेष साधारण सभा डाकेको हो ।
उक्त बैठक पोखराको न्यूरोड–८ मा रहेको कम्पनीको प्रधान कार्यालयमा दिउँसो १२.३० बजे आयोजना हुनेछ । सभामा आम सर्वसाधारणलाई आईपीओ जारी गर्ने, आईपीओबाट प्राप्त रकमको उपयोगको सम्बन्धमा निर्णय गर्ने तथा यस कार्यका लागि आवश्यक पर्ने सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
कम्पनीले गत चैत २ गते प्रथम वार्षिक साधारण सभा सम्पन्न गरेको थियो ।