बिहीबार, श्रावण १४,२०८३ 01:20:43
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 01:20:43
Bizshala
Global IME Bank Limited

आजदेखि ट्रेड टावरको आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला

आजदेखि ट्रेड टावरको आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला
New Office

काठमाण्डौ ।  ट्रेड टावर लिमिटेडले आजदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि जारी पूँजीको १० प्रतिशत अर्थात ३ लाख ९७ हजार १६९।३० कित्ता आईपीओ निष्कासन गरेको हो ।  

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत चैत २५ गते ३९ करोड ७१ लाख ६९ हजार ३ सय रुपैयाँको रु.१०० अंकित दरका ३९ लाख ७१ हजार ६९३ कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको थियो । जसमध्ये कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेकाका लागि आईपीओ जारी गरेको हो ।  

नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगारी गरिरहेका नेपाली नागरिकहरुका लागि छुट्याइएको सम्पूर्ण सेयर  बिक्री नभई बाँकी रहन गएमा त्यस्तो सेयर सर्वसाधारण समुहमा थप गरी सर्वसाधारणका निष्कासन गरिने कम्पनीले जनाएको छ।

कम्पनीको सेयर निष्कासन बन्द वैशाख २२ गते हुनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा मेरो सेयर अनलाइनबाट समेत आवेदन दिन सक्नेछन् ।  

कम्पनीको साधारण लगानी फिर्ता हुने अवधि ६.९३ वर्ष रहेको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।  

आईपीओ निष्काशनको लागि रेटिङ्ग एजेन्सी इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस रेटिङ प्रदान गरेको छ। जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउछ ।  

वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि जारी सेयर बाँडफाँड भईसकेपछि कम्पनीले दोस्रो चरणअन्तर्गत आम सर्वसाधारणका लागि आईपीओ जारी गर्नेछ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.