काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले वैदेशिक रोजगारीमा गएकाहरुका लागि निष्कासन गरिने आईपीओमा आवेदन दिने समयावधि घटाएको छ । बोर्डले धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका(नवौँ संशोधन)२०८२ जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।
बोर्डले निर्देशिकामार्फत विदेशमा बसी रोजगार गरेका नेपालीहरुलाई छुट्याईएको सेयरका लागि दरखास्त दिन खुला रहने विद्यमान १५ दिनको अवधिलाई परिमार्जन गरी कम्तिमा चार कार्यदिन कायम गरेको छ ।
उक्त अवधिभित्र निष्काशन गरिएको सबै धितोपत्र बिक्री नभएमा उक्त समयावधि खुल्ला भएको मितिले १५ दिन सम्म कायम रहने व्यवस्था समेत गरिएको छ ।