काठमाण्डौ । अन्नपूर्ण राठी केवल्स इण्डष्ट्रिज लिमिटेडले आईपीओको विशेष प्रस्ताव पारित गर्न प्रथम वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले यही फागुन २५ गते साधारण सभा डाकेको हो ।
सभाबाट कम्पनीको आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरिनुका साथै नगद लाभांश वितरण गर्ने, कम्पनीको सेयर बिक्री पश्चात विदेशी लगानी भित्राउने, नगद लाभांश वितरण तथा गत आवको वार्गिाक प्रतिवेदन तथा वित्तीय विवरणहरु पारित गरिनेछ ।

