आईतवार, फाल्गुन ३,२०८२ 10:11:05
Bizshala
  • आईतवार, फाल्गुन ३,२०८२ 10:11:05
Bizshala
Global IME Bank Limited

स्थानिय बासिन्दाले पाल्पा सिमेन्टको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

स्थानिय बासिन्दाले पाल्पा सिमेन्टको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
Shivam Cement

काठमाण्डौ । पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले उद्योग तथा खानी प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि गत पुस २५ गतेदेखि जारी गरिएको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत पुस ९ गते ७५ करोड रुपैयाँबराबरको रु। १०० अंकित दरका ७५ लाख कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको थियो ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

जसअन्तर्गत पहिलोचरणमा उद्योग प्रभावित क्षेत्र पश्चिम नवलपरासी (साविकको नवलपरासी जिल्ला) र खानी रहेको क्षेत्र पाल्पा जिल्लाका स्थानिय बासिन्दाहरुलाई जारी पाजीको ५ प्रतिशत अर्थात १८ करोड ७५ लाख रकमबराबरको रु. १०० अंकित दरको १८ लाख ७५ हजार कित्ता साधारण सेयर निष्काशन गरी बिक्री वितरण गरिने छ र बाँकी १५ प्रतिशत अर्थात रु। ५६ करोड २५ लाख रकम बराबरको रु. १०० अंकित दरको ५६ लाख २५ कित्ता साधारण सेयरको सार्वजनिक निष्काशन गरिएको छ ।

उद्योग प्रभावित क्षेत्रका बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । स्थानिय बासिन्दाले नबिल बैंकको तानसेन, बर्दघाट, बुलिबटार र गैडाकोट शाखा, प्रभु बैंकको पाल्पा,बर्दघाट,परासी र बेलतारी शाखा र सिद्धार्थ बैंकको पाल्पा,बर्दघाट र परासी शाखाबाट आवेदन दिन सक्नेछन्।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेन्ट एण्ड बैंकिङ लिमिटेड रहेको छ । पहिलो चरणअन्तर्गत वैदेशिक रोजगारीमा रहेका र आयोजना प्रभावित क्षेत्रका बासिन्दका लागि सेयर जारी गरिसकेपछि कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणलाई आईपीओ जारी गर्नेछ ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.