काठमाण्डौ । भारतको सेयर बजारमा यस वर्ष आएका आईपीओले विश्वकै सबैभन्दा धेरै प्रतिफल भएका छन् । भारतमा यस वर्ष ६ महिनको अवधिमा जारी भएका ३६ आईपीओले सूचीकरण भएपश्चात हालसम्म ५७ प्रतिशत प्रतिफल दिएका छन् ।
एशिया प्रशान्त क्षेत्रमा जारी भएका आईपीओले ३२ प्रतिशत प्रतिफल दिएका छन् । जुन विश्वको औषत आईपीओ प्रतिफलको तुलनामा २ गुणा बढी हो । भारतीय सेयर बजारमा आगामी ६ महिनामा थप १५ वटा कम्पनीको आईपीओ निष्कासन हुने समभावना रहेको जनाइएको छ । जसका माध्यमबाट कम्पनीहरुले करिब ९१ हजार करोड भारु उठाउने छन् ।
प्राइम डेटाबेस ग्रुपको आँकडाअनुसार भारतीय बजारमाआएका ३६ वटा आईपीओले हालसम्म ८८.५ हजार करोड भारु जुटाएका छन् । यी आईपीओहरु औषतमा १२ गुणा बढी ओभर सब्सक्राइब भएका छन् ।
भारतमा यो वर्ष जारी भएको ३६ आईपीओ मध्ये क्रोनाक्स ल्याबो आईपीओ सबैभन्दा धेरै अर्थात ५४.९ प्रतिशत सब्सक्राइब भएको थियो । प्रतिफल दिनेमा भने एक्सिकम टेलि रहेको छ । यो कम्पनीले २२८.७ प्रतिशत रिर्टन दिएको छ ।
यो वर्ष विश्वमा आएका कुल आईपीओले औषत २२.४ प्रतिशत प्रतिफल दिएका छन् । -एजेन्सी