बिहीबार, असार २५,२०८३ 10:05:34
Bizshala
  • बिहीबार, असार २५,२०८३ 10:05:34
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

आईपीओ निष्कासनको तयारीमा रहेको मौलाकाली केवलकारले ५०% हकप्रद जारी गर्ने

Laxmi Sunrise Bank Limited
आईपीओ निष्कासनको तयारीमा रहेको मौलाकाली केवलकारले ५०% हकप्रद जारी गर्ने

काठमाण्डौ । आईपीओ निष्कासनको तयारीमा रहेको मौलाकाली केवलकार लिमिटेडले हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीले चुक्तापूँजीको ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने तयारी गरेको हो ।

उक्त हकप्रद निष्कासनको प्रस्ताव पारित गर्न कम्पनीले विशेष साधारण सभा आह्वान समेत गरेको छ । असार २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी साउन १३ गते काठमाण्डौको पानीपोखरीमा रहेको आइएमई कम्प्लेक्समा अपरान्ह ४ बजेदेखि सभा सञ्चालन गर्ने निर्णय गरेको हो ।

New Office
CG Motors
Garima Development Bank

उक्त सभामा हकप्रद निष्कासन गर्ने, जारीपूँजी वृद्धि गर्ने र कम्पनीको प्रबन्धपत्रमा संशोधन गर्ने जस्ता प्रस्तावहरु पारित गरिनेछ ।

कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै विसं २०८२ कात्तिक २४ गते नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ । कम्पनीले ४७ करोड ४ लाख रुपैयाँबराबरको रु.१०० अंकित दरका ४७ लाख ४ हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.