बुधबार, भाद्र २५,२०८२ 03:03:08
  • बुधबार, भाद्र २५,२०८२ 03:03:08
Global IME Bank Limited

प्रभु स्टील्स एण्ड हाईड्रोले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

Hyundai Nepal
प्रभु स्टील्स एण्ड हाईड्रोले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

काठमाण्डौ । प्रभु स्टील्स एण्ड हाईड्रो इन्भेष्टमेण्ट कम्पनी लिमिटेडले आईपीओ निष्कासनको प्रक्रिया अघि बढाएको छ । कम्पनीले रु. ९८ करोडबराबरको रु. ५० अंकित दरका १ करोड ९६ लाख कित्ता आईपीओ निष्काशनको तयारी गरेको हो ।  

कम्पनीले आईपीओ निष्कासन तथा अन्य सम्पूर्ण कार्य गर्नका लागि कुमारी क्यापिटलसँग सम्झौता गरेको छ ।  

आईपीओ निष्काशनको लागि बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी उक्त सम्झौतापत्रमा प्रभु स्टील्स एण्ड हाईड्रो इन्भेष्टमेण्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिल प्रसाद अधिकारी र कुमारी क्यापिटलको तर्फवाट प्रमुख मर्चेन्ट बैंकिङ सविन बुढाथोकीले हस्ताक्षर गरेका छन् ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यो कम्पनी प्रभु ग्रुप्स एण्ड कम्पनीअन्र्तगतका विभिन्न कम्पनीहरुको मुख्य लगानीमा स्थापित कम्पनी हो । यस कम्पनीमा प्रभु केवलकार एण्ड टुरिजम लिमिटेड, प्रभु होल्डिङ्गस् एण्ड हाईड्रो डेभलपमेन्ट कम्पनी लिमिटेड र हाईड्रो होल्डिङ्गस् एण्ड पावर डेभलपमेन्ट कम्पनी लिमिटेडको मुख्य लगानी रहेको छ ।

कम्पनीले जलविद्युत, कृषि, पर्यटन, विभिन्न उत्पादनमुलक उद्योग र साहासिक पर्यटनमा लगानी गर्ने गरेको छ । दोस्रो बजारमा समेत यस कम्पनीको राम्रो उपस्थिति रहेको छ । यस कम्पनीको मुख्य उद्देश्य लगानीमूलक हो । यस कम्पनीले हाईड्रो पावरको विभिन्न संरचनामा चाहिने मसिनहरु आयात गरि भण्डारण गर्ने र जलविद्युत कम्पनीलाई सप्लाई गर्ने उद्देश्यले पर्सा जिल्लाको वीरगंज महानगरपालिका वडा नं. ३१ मा यसै आवमा ३ (तीन) विगाह जमिन समेत खरिद गरेको छ ।  

यस कम्पनीको लिबर्टी इनर्जी कम्पनी लिमिटेड र बुटवलको फुलबारी पार्क देउराली डाँडास्थित सञ्चालनमा आईसकेको भगवान गौतम बुद्धको कुलगुरु ऋषि कालदेवलको आश्रम एवं नुवाकोट गढी जाने सिद्धार्थ केवलकार लिमिटेडमा समेत ठूलो लगानी रहेको छ । 

यस कम्पनीले आईपीओ निष्काशन पछि आउने रकमले जलविद्युत क्षेत्रमा आक्रामक ढंगले लगानी विस्तार गर्ने उद्देश्य लिएको जनाएको छ । यस  इन्भेष्टमेण्ट कम्पनीले बडीमालिका केवलकार, ईच्छाकामना केवलकार र प्रभु जलविद्युतविकास कम्पनीमा समेत लगानी गर्ने प्रतिवद्धता गरेको छ । यस कम्पनीको २ अर्ब ५ करोडको अधिकृत पूँजी रहेको छ भने जारी पूँजी २ अर्ब रहेको छ ।  कम्पनी गत २ वर्षदेखि सञ्चालन मुनाफामा रहेको कम्पनीले जनाएको छ । 

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.