काठमाण्डौ । हुलास फिनसर्भ हायर पर्चेच लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रिमियम मूल्यमा आइपीओ निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।
कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा २५८.८५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ३५८.८५ रुपैयाँ दरको कुल ७४ करोड ४६ लाख १३ हजार रुपैयाँ बराबरको २० लाख ७५ हजार कित्ता सेयर निष्कासन गर्न अनुमति मागेको हो ।
कम्पनीले गत पुष ८ गते बोर्डमा निवेदन दिएको थियो । यदि बोर्डबाट अनुमति पाएमा कम्पनीले २० लाख ७५ हजार कित्ता सेयर निष्कासन गर्नेछ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

