काठमाण्डौ । महाशक्ति सिमेन्ट लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा आइपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आवेदन दिएको छ ।
कम्पनीले १ अर्ब ७८ करोड ५० लाख ८५ हजार रुपैयाँ बराबरको १ करोड ७८ लाख ५० हजार ८५७ कित्ता सेयर जारी गर्न बोर्डसँग अनुमति मागेको हो ।
कम्पनीको बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।