शनिबार, फाल्गुन १०,२०८१ 08:57:31
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 08:57:31
IME remit
Global IME Bank Limited

नेपाल माइक्रो इन्स्योरेन्सले २२.५० लाख कित्ता आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल

Hyundai Nepal
नेपाल माइक्रो इन्स्योरेन्सले २२.५० लाख कित्ता आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल
Nabil Bank Limited

काठमाण्डौ । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आफ्नो जारी पूँजीको ३० प्रतिशतले हुन आउने रु.२२ करोड ५० लाख रकम बराबरको रु.१०० अंकित दरका कूल २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेको हो ।  

आईपीओ निष्कासन प्रयोजनका लागि कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक पनि नियुक्त गरेको छ । कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनआईएमबि एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीले साउन २१ गते क्यापिटलसँग यस सम्बनधी सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।  

Shivam Cement
CG Motors
Sagarmatha Cement

उक्त सम्झौतापत्रमा निष्काशन कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मृगेन्द्रनाथ रिमाल र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका थिए ।  

न्यून आय भएका एवं पिछडिएका क्षेत्रका वासिन्दा र सिमान्तकृत समुदायका व्यक्तिहरुलाई लघु बीमा सेवा पुर्याउने लक्ष्य लिई नेपाल माइक्रो इन्स्योरेन्सले  २०७९ चैत २७ गते निर्जीवन लघु बीमाको इजाजतपत्रप्राप्त गरेको थियो । कम्पनीले लघु निर्जीवन बीमा कम्पनीको हैसियतले मिति २०८० वैशाख २६ गतेदेखि लघु निर्जीवनबीमा सम्बन्धी कारोबार सञ्चालन गर्दै आईरहेको छ ।

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.