बुधबार, भाद्र २५,२०८२ 03:01:21
  • बुधबार, भाद्र २५,२०८२ 03:01:21
Global IME Bank Limited

पूर्वाञ्चल ल्युब आयलले आईपीओ निष्काशनको प्रस्ताव पारित गर्न डाक्यो साधारण सभा

Hyundai Nepal
पूर्वाञ्चल ल्युब आयलले आईपीओ निष्काशनको प्रस्ताव पारित गर्न डाक्यो साधारण सभा

काठमाण्डौ । पूर्वाञ्चल ल्युब आयल लिमिटेडले प्राथमिक बजारबाट पूँजी जुटाउने भएको छ । कम्पनीले आम सर्वसाधारणमा आईपीओ जारी गरी पूँजी जुटाउने योजना बनाएको हो ।  

कम्पनीले आईपीओ निष्काशनको अजेण्डा पारित गर्न साधारण सभा डाकेको छ । कम्पनीको भदौ १७ गते बसेको सञ्चालक समितिको बैठकले दोस्रो वार्षिक साधारण सभा डाकेको हो । बैठकले आगामी असोज ९ गते बुधबारका दिन काठमाण्डौको एयरपोर्ट होटल सिनामंगलमा बिहान १० बजे सभा आयोजना गर्ने निर्णय गरेको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

उक्त सभामा प्राथमिक सेयर निष्काशन गर्ने,कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने र यस विषयमा नियमनकारी निकायबाट कुनै संशोधन गर्न निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित हुनेछ ।  

यस्तै सभामा सञ्चालक समितिको अध्यक्षका तर्फबाट प्रस्तुत हुने आव २०८०/८१ को वार्षिक प्रतिवेदन र सो अवधिको अन्य वित्तीय विवरणहरु समेत पारित गरिनेछ । सभाले हाल कायम चुक्तापूँजीको १०.५२६ प्रतिशत नगद लाभांश(करसहित) प्रदान गर्ने सञ्चालक समितिको प्रस्ताव समेत पारित गर्नेछ ।    

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.