काठमाण्डौं । स्वर्णिम होटल लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवदेन दिएको छ ।
कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरमा कुल ३८ करोड रुपैयाँ बराबरको ३८ लाख कित्ता सेयर निष्कासन गर्न बोर्डसँग अनुमति मागेको हो ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । कम्पनीले गत मंसिर १६ गते बोर्डमा निवेदन दिएको हो ।

