काठमाण्डौ । कालंगा हाइड्रो लिमिटेडले आईपीओ निष्कासनको तयारी गरेको छ । कम्पनीले आईपीओ निष्कासनका लागि प्रत्याभुतिकर्ता नियुक्त गरेको छ ।
कम्पनीले जारी पूँजी १ अर्ब ४० करोड मध्ये सर्वसाधारणहरुको लागि ३५ प्रतिशत अर्थात प्रतिसेयर रु. १०० का दरले हुने ४९ करोड बराबरको साधारण सेयर निष्काशन का लागि ३४ करोड ९० लाख ज्योति क्यापिटल लिमिटेडबाट तथा रु. १४ करोड १० लाख लक्ष्मी सनराईज क्यापिटल लिमिटेडबाट सेयर प्रत्याभुति सम्झौता गरी साधारण सेयर प्रत्याभुतिकर्ता नियुक्त गरेको हो ।
प्रत्याभुतिकर्ता नियुक्त सम्झौतापत्रमा साधारण सेयर प्रत्याभुति कार्यको लागि कम्पनीको तर्फवाट संचालक तिर्थ राज चटौत तथा प्रत्याभुतिकर्ताहरु ज्योति क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिकास ढकाल र लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडको तर्फवाट प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठले हस्ताक्षर गरे ।
कम्पनीले बझाङ जिल्लामा कालंगागाड जलविद्युत आयोजना (१५.३३ मे.वा)को निर्माण सम्पन्न गरेर राष्ट्रिय प्रसारण लाइनमा जोडी विद्युत वितरण समेत गरी आएको छ। निकट भविष्यमाआफ्नो आम्दानीबाट ऋण चुक्ता गरी साधारण सेयरधनीलाई उचित प्रतिफल वितरण गर्ने योजना कम्पनीले लिएको छ ।