मंगलवार, कार्तिक ३,२०८३ 01:23:35
  • मंगलवार, कार्तिक ३,२०८३ 01:23:35
Global IME Bank Limited

आजदेखि सूर्यकुण्ड हाईड्रोको आईपीओ निष्कासन

Bizshala
आजदेखि सूर्यकुण्ड हाईड्रोको आईपीओ निष्कासन
New Office

काठमाण्डौ । सूर्यकुण्ड हाईड्रो इलेक्ट्रिक लिमिटेडले आजदेखि आईपीओको बिक्री आवेदन खुला गरेको छ। कम्पनीले पहिलो चरणअन्तर्गत आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आईपीओ जारी गरेको हो ।

कम्पनीले गत मंसिर २५ गते १३ करोड ७९ लाख ३५ हजार रुपैयाँबराबरको १३ लाख ७९ हजार ३५० कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

सर्वसाधारणको लागि छुट्याइएको मध्ये जारी पूँजीको १० प्रतिशत अर्थात ६ करोड ८९ लाख ६७ हजार ५ सय रुपैयाँबराबरको रु.१०० अंकित दरको ६ लाख ८९ हजार ६७५ कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्र अर्थात नुवाकोट जिल्लाको दुप्चेश्वर गाँउपालिकाको सम्पूर्ण वडावासि स्थानिय वासिन्दाहरुका लागि र जारी पूँजीको १० प्रतिशत अर्थात ६८ हजार ९६७ कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुको लागि बिक्री गर्न प्रारम्भिक निष्काशन गरिएको छ ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० र अधिकतममा ५० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।  

आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्कासन बन्द छिटोमा पुस २३ गते र ढिलोमा माघ ८ गते हनेछ । वैदेशिक रोजगारीमा रहेका लागि भने आईपीओ निष्कासन बन्द छिटोमा पुस १४ गते र ढिलोमा पुस २३ गते हुनेछ ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाले सूर्यकुण्ड हाईड्रोको आयोजना स्थल, ज्योति विकास बैंकको समुन्द्रटार शाखा, कृषि विकास बैंकर राष्ट्रिय वाणिज्य बैंकको खैरेनीटार शाखा र सूर्यकुण्ड हाईड्रोको काठमाण्डौ थापाथलीस्थित रजिष्टर्ड कार्यालयबाट आवेदन दिन सक्नेछन्।  

यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा मेरो सेयर अनलाइनबाट समेत आवेदन दिन सक्नेछन् ।  

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा कुमारी क्यापिटल रहेको छ । पहिलो चरणअन्तर्गत वैदेशिक रोजगारीमा रहेका र आयोजना प्रभावित क्षेत्रका बासिन्दका लागि सेयर जारी गरिसकेपछि कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणलाई आईपीओ जारी गर्नेछ ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.