काठमाण्डौ । काठमाण्डौको बुढानिलकण्ठ, डाडाँ गाउँ नगरपालिकामा रजिष्ट्रार कार्यालय रहेको क्लासिक भ्यु रिसोर्ट लिमिटेडले आईपीओ निष्कासनको तयारी गरेको छ । कम्पनीले जारी पूँजीको १४ प्रतिशत अर्थात रु.१०० अंकित दरका १० लाख ५० हजार कित्ता आईपीओ आम सर्वसाधारणका लागि निष्कासन गर्ने तयारी गरेको हो ।
यसका लागि कम्पनी र एनआईसी एशिया क्यापिटल लिमिटेडबीच आईडिया टु आईपीओ सेवाअन्तर्गत संस्थागत परामर्श सेवासहित निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ती गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको छ ।
क्लासिक भ्यू रिसोर्ट बुढानिलकण्ठ, काठमाडौंमा अवस्थित १९ रोपनीको क्षेत्रफलमा निर्माणधिन अवस्थामा रहेको छ । हालसम्म उक्त रिसोर्टको ६५ प्रतिशत भन्दा बढी कार्य सम्पन्न भइसकेको छ ।
रिसोर्टको अध्यक्ष मुकुन्द राज कुँवरलगायत अन्य सञ्चालक तथा संस्थापक सेयरधनीहरुको रियल इस्टेट लगायत अन्य व्यवसायमा एक दशक भन्दा बढीको अनुभव हाशिल गरेको विज्ञ टिमद्धारा सञ्चालित क्लासिक भ्यु रिसोर्ट आर्थिक रुपमा समेत बलियो रहेकोले समयमा नै सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी व्यवसायीक रुपमा सञ्चालनमा ल्याउने योजना रहेको कम्पनीले जनाएको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                