मंगलवार, आश्विन १३,२०८३ 08:23:19
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 08:23:19
Bizshala
Global IME Bank Limited

एसवाई प्यानलद्वारा वैदेशिक रोजगारीमा रहेकालाई जारी आईपीओमा आवेदन दिने आज अन्तिम दिन

Bizshala
एसवाई प्यानलद्वारा वैदेशिक रोजगारीमा रहेकालाई जारी आईपीओमा आवेदन दिने आज अन्तिम दिन
New Office

काठमाण्डौ । एसवाई प्यानल लिमिटेडको आईपीओमा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले असोज ७ गतेदेखि उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि कुल ७ लाख ५८ हजार ७१९ कित्ता सेयर जारी गरेको थियो ।  

जसमध्ये आज वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि जारी गरिएको आईपीओ निष्कासन बन्द गर्न लागिएको हो ।  

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत भदौ १७ गते ५२ करोड ३२ लाख ५४ हजार ८ सय रुपैयाँको रु. १०० अंकित दरका ५२ लाख ३२ हजार ५४८ कित्ता साधारण सेयर निष्कासन गर्न अनुमति पाएको थियो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

जसमध्ये जारीपूँजीको २ प्रतिशत अर्थात रु। १०० अंकित दरका २ लाख ६१ हजार ६२७ सय कित्ता उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र सर्वसाधारणका लागि छुट्टाइएको मध्येबाट १० प्रतिशत अर्थात ४ लाख ९७ हजार ०९२ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि जारी गरिएको छ ।  

वैदेशिक रोजगारीमा रहेका नेपालीले पनि न्यूनतम १० र अधिकतममा ५० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । यस्तो आवेदन धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा मेरो सेयर अनलाइनबाट समेत आवेदन दिन सकिनेछ ।  

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । पहिलो चरणअन्तर्गत वैदेशिक रोजगारीमा रहेका र उद्योग प्रभावित क्षेत्रका बासिन्दका लागि सेयर जारी गरिसकेपछि कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणलाई आईपीओ जारी गर्नेछ ।  

कम्पनीले दोस्रोचरण अन्तर्गत आम सर्वसाधारणका लागि ४० लाख ७६ हजार १५६ कित्ता सेयर जारी गर्नेछ । 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.