आईतवार, बैशाख ६,२०८३ 05:33:14
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 05:33:14
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

ठूलो खोला हाइड्रोपावरको साधारण सभा सम्पन्न, आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित

Bizshala
ठूलो खोला हाइड्रोपावरको साधारण सभा सम्पन्न, आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित
Shivam Cement

काठमाण्डौ । ठूलो खोला हाइड्रोपावर लिमिटेडको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको उक्त सभा काठमाण्डौमा रहेको कालीमाटी ब्यैङ्केटमा सम्पन्न भएको हो । कम्पनीका अध्यक्ष नरेन्द्र बल्लभ पन्तको अध्यक्षतामा सम्पन्न बार्षिक साधारण सभाले प्रारम्भिक सार्वजनिक निष्काशन .आईपीओ) गर्ने प्रस्ताव पारित गरेको छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

कम्पनीले ११ लाख कित्ता सेयर आईपीओ निष्काशन गर्ने भएको छ । सभाबाट सञ्चालक समिति सदस्यमा युवा उर्जा उद्यमी धिराज कार्की निर्वाचत भएका छन् ।  

सभाबाट सञ्चालक समितिको तर्फबाट सञ्चालक समितिका अध्यक्षबाट प्रस्तुत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०८०/८१  को लेखापरिक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव र सोही अवधिको नगद  प्रवाह विवरण लगायतको वित्तीय  विवरण उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरिक्षक नियुक्ती  तथा निजको पारिश्रमिक तोक्ने र स।चालक समितिबाट भए गरेका निर्णयहरु अनुमोदन गर्ने प्रस्ताव पारित भएको छ ।  

CG Motors
Garima Development Bank
IME remit

त्यसैगरी सभाले सञ्चालक  समितिका सदस्यहरुको बैठक भत्ता तथा सुविधाहरु तोक्ने, कम्पनीले अन्य नयाँ परियोजनाहरुको पहिचान गरी लगानी गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न विशेष प्रस्ताव पारित गरेको छ । 

यस कम्पनीले म्याग्दी जिल्ला रघुगंगा गाउँ पालिका वडा नम्वर ८ मा २२.५ मेगावाट क्षमताको माथिल्लो ठूलो खोला ए जलविद्युत आयोजना निर्माण गरिरहेको छ । कम्पनीले यस आयोजना २०८२ को बैशाख महिनाभित्र सम्पन्न हुने गरी निर्माण कार्य भैरहेको कम्पनीका अध्यक्षले नरेन्द्र बल्लभ पन्तले सभामा सेयरधनीहरुलाई सुनाए । 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.