बुधबार, भाद्र २५,२०८२ 03:06:45
  • बुधबार, भाद्र २५,२०८२ 03:06:45
Global IME Bank Limited

ठूलो खोला हाइड्रोपावरको साधारण सभा सम्पन्न, आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित

Hyundai Nepal
ठूलो खोला हाइड्रोपावरको साधारण सभा सम्पन्न, आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित

काठमाण्डौ । ठूलो खोला हाइड्रोपावर लिमिटेडको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको उक्त सभा काठमाण्डौमा रहेको कालीमाटी ब्यैङ्केटमा सम्पन्न भएको हो । कम्पनीका अध्यक्ष नरेन्द्र बल्लभ पन्तको अध्यक्षतामा सम्पन्न बार्षिक साधारण सभाले प्रारम्भिक सार्वजनिक निष्काशन .आईपीओ) गर्ने प्रस्ताव पारित गरेको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

कम्पनीले ११ लाख कित्ता सेयर आईपीओ निष्काशन गर्ने भएको छ । सभाबाट सञ्चालक समिति सदस्यमा युवा उर्जा उद्यमी धिराज कार्की निर्वाचत भएका छन् ।  

सभाबाट सञ्चालक समितिको तर्फबाट सञ्चालक समितिका अध्यक्षबाट प्रस्तुत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०८०/८१  को लेखापरिक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव र सोही अवधिको नगद  प्रवाह विवरण लगायतको वित्तीय  विवरण उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरिक्षक नियुक्ती  तथा निजको पारिश्रमिक तोक्ने र स।चालक समितिबाट भए गरेका निर्णयहरु अनुमोदन गर्ने प्रस्ताव पारित भएको छ ।  

त्यसैगरी सभाले सञ्चालक  समितिका सदस्यहरुको बैठक भत्ता तथा सुविधाहरु तोक्ने, कम्पनीले अन्य नयाँ परियोजनाहरुको पहिचान गरी लगानी गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न विशेष प्रस्ताव पारित गरेको छ । 

यस कम्पनीले म्याग्दी जिल्ला रघुगंगा गाउँ पालिका वडा नम्वर ८ मा २२.५ मेगावाट क्षमताको माथिल्लो ठूलो खोला ए जलविद्युत आयोजना निर्माण गरिरहेको छ । कम्पनीले यस आयोजना २०८२ को बैशाख महिनाभित्र सम्पन्न हुने गरी निर्माण कार्य भैरहेको कम्पनीका अध्यक्षले नरेन्द्र बल्लभ पन्तले सभामा सेयरधनीहरुलाई सुनाए । 

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.