शुक्रबार, बैशाख ४,२०८३ 12:28:17
Bizshala
  • शुक्रबार, बैशाख ४,२०८३ 12:28:17
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

टक्सार पिखुला खोला हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

Bizshala
टक्सार पिखुला खोला हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
Shivam Cement

काठमाण्डौ । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । फागुन २७ गतेदेखि नेपाल सरकारबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि निष्कासन गरिएको आइपीओमा आजसम्म मात्रै आवेदन दिन सकिनेछ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले आयोजना प्रभावितलाई १२ लाख कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ३ लाख ३ हजार ६७ कित्ता आईपीओ निष्कासन गरिरहेकोमा वैदेशिक रोजगारीमा रहेकालाई निष्काशन गरेको आईपीओ आज साँझ बैंकिङ्ग समयपछि बन्द गर्न लागेको हो । 

कम्पनीले वैदेशिक रोजगारबाट मागभन्दा बढी मात्रामा आवेदन परिसकेकाले पूर्व निर्धारित समय बमोजिम आज निष्कासन बन्द गर्न लागिएको जानकारी दिएको छ । यता आयोजना प्रभावितले भने चैत ११ गतेसम्म आवेदन दिन सक्नेछन् ।

CG Motors
Garima Development Bank
IME remit

यो आईपीओमा आवेदन दिंदा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था गरिएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

वैदेशिक रोजगारमा गएका नेपालीहरुले सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तीनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्वा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । साथै मेरो सेयरको वेबसाइट वा एपमार्फत पनि आवेदन दिन सकिनेछ ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.