टक्सार पिखुवा खोला हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाण्डौ । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । फागुन २७ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुले आजसम्म मात्रै आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पूँजी १ अर्ब २० करोड रुपैयाँको ३५.२६ प्रतिशत अर्थात ४२ करोड ३० लाख ६६ हजार ८०० रुपैयाँ बराबरको ४२ लाख ३० हजार ६६८ कित्ता...

