काठमाण्डौ । टक्सार पिखुवा खोला हाईड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाएको छ ।
बोर्डले कम्पनीलाई आईपीओ जारी गर्न फागुन १ गते अनुमति दिएको हो ।
यससँगै अब कम्पनीले ४२ करोड ३० लाख ६६ हजार ८ सय रुपैयाँको रु. १०० अंकित दरका ४२ लाख ३० हजार ६६८ कित्ता सेयर जारी गर्नेछ ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

