आईतवार, बैशाख ६,२०८३ 05:40:15
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 05:40:15
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

प्रिमियम मूल्यमा आईपीओ बेच्न बोर्डको पाइपलाइनमा एक दर्जन कम्पनी, कुनको कति ?

Bizshala
प्रिमियम मूल्यमा आईपीओ बेच्न बोर्डको पाइपलाइनमा एक दर्जन कम्पनी, कुनको कति ?
Shivam Cement

काठमाण्डौ । प्रिमियम मूल्यमा आइपीओ बिक्री गर्न एक दर्जन कम्पनी नेपाल धितोपत्र बोर्ड (सेबोन)को पाइपलाइनमा छन् । दुई हाइड्रो कम्पनीसहित ११ कम्पनीले अंकित मूल्य भन्दा बढी मूल्य निर्धारण गरेर सेयर जारी गर्नका लागि बोर्डसँग अनुमति मागेका छन् ।  

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा अधिकांश आइपीओहरु अंकित मूल्य १०० रुपैयाँमै आउने गरेका छन् । तर बुक बिल्डिङ प्रणाली लागू भएपछि केही कम्पनीहरु प्रिमियम मूल्यमा आइपीओ जारी गर्न थालेका छन् । सोही बमोजिम एक दर्जन कम्पनी प्रिमियममा सेयर बेच्नका लागि बोर्डको स्वीकृतिको पखाईमा छन् ।  

धितोपत्र बोर्डका पूर्वाध्यक्ष रमेश कुमार हमालले इन्स्योरेन्ससहित केही कम्पनीहरुलाई अपारदर्शी ढंगले प्रिमियम मूल्यमा सेयर बिक्री गर्न अनुमति दिएपछि प्रश्न उठेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नै उनीमाथि छानबिन गरेको थियो ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

अझैपनि ११ वटा कम्पनी प्रिमियम मूल्यमा आइपीओ जारी गर्न धितोपत्र बोर्डको अनुमति कुरिहेका छन् । धितोपत्र बोर्डका अनुसार उक्त कम्पनीहरुको वित्तीय अवस्था कमजोर भएका कारण प्रिमियम मूल्यमा आइपीओ बिक्री गर्न दिने वा नदिने भन्ने विषय अन्योल बनेको छ ।  

धमाधम अंकित मूल्यमै आइपीओ बिक्री गर्न अन्य कम्पनीहरुले अनुमति पाइरहेको अवस्थामा उक्त ११ कम्पनीले प्रिमियममा आइपीओ जारी गर्न अनुमति पाउछ वा पाउँदैन भन्ने कौतुहलताको विषय पनि बनेको छ ।  

CG Motors
Garima Development Bank
IME remit

तर यसअघिको सेनारियो र पूर्वाध्यक्ष रमेश कुमार हमालले प्रिमियम मूल्यमा आइपीओ बिक्री गर्न अनुमति दिएपछि उनीमाथि भएको छानबीनले गर्दा नयाँ अध्यक्ष सन्तोष नारायण श्रेष्ठलाई सतर्क बनाएको छ ।  

प्रिमियम मूल्यमा आइपीओ बिक्री गर्न अनुमति माग्नेमा दुई हाइड्रोपावर, एक लगानी कम्पनी, पाँच उत्पादन तथा प्रशोधन समूहतर्फको कम्पनी र तीन अन्य समूहतर्फका कम्पनी रहेका छन् । ती कम्पनीहरुले अंकित मूल्यमा तीनसय रुपैयाँसम्म मूल्य थप गरेर आइपीओ जारी गर्न अनुमति मागेका छन् ।

 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.