काठमाण्डौ । गाँउघर उज्यालो साना हाईड्रोपावर कम्पनीले प्राथमिक सेयर (आईपीओ)निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले आईपीओ निष्कासनको तयारी स्वरुप नवौं वार्षिक साधारण सभा डाकेको छ ।
भदौ ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले साधारण सभाको मिति,स्थान र समय तय गरेको छ । बैठकले आगामी असोज ३ गते बिहिबारका दिन ललितपुरको बालकुमारीमा रहेको केएफसीमा बिहान ११ बजेदेखि सभा गर्ने निर्णय गरेको छ ।
उक्त सभामा सर्वसाधारणलाई कम्पनीको आईपीओ निष्कासन गर्ने, आईपीओबाट प्राप्त रकमको उपयोगका बारेमा निर्णय गर्ने,चुक्तापूँजी वृद्धि गर्ने र स्वीकृत प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने विशेष प्रस्तावहरु पारित गरिनेछ ।
यस्तै सभामा आव २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गर्ने तथा २०८१ असार मसान्तसम्मको नाफा नोक्सान हिसाब,नगद प्रवाह विवरण लगायतका वित्तीय विवतरणहरु पारित गर्ने प्रस्ताव समेत पारित गरिनेछ