सोमबार, बैशाख ७,२०८३ 03:21:26
Bizshala
  • सोमबार, बैशाख ७,२०८३ 03:21:26
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

भगवती कम्पोजिट इण्डष्ट्रिजले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल नियुक्त

Bizshala
भगवती कम्पोजिट इण्डष्ट्रिजले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल नियुक्त
Shivam Cement

काठमाण्डौ । भगवती कम्पोजिट इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणलाई जारी पूँजीको २० प्रतिशत आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिसेयर अंकित मूल्य रु. १०० दरका ६ लाख ४४ हजार कित्ता आइपिओ निष्काशन गर्ने तयारी गरेको हो ।

कम्पनीले आईपीओ निष्कासन प्रयोजनका लागि नेपाल लाइफ क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

आज मङ्सिर १० गते बुधवार नेपाल लाइफ क्यापिटल लिमिटेड कमलपोखरीस्थित कार्यालयमा सम्पन्न एक कार्यक्रमका बीच कम्पनीले नेपाल लाइफ क्यापिटललाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । सम्झौतापत्रमा भगवती कम्पोजिट इण्डष्ट्रिजका तर्फबाट अध्यक्ष दक्षिणा गैह्रे न्यौपाने तथा नेपाल लाइफ क्यपिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष घिमिरले हस्ताक्षर गरे ।

CG Motors
Garima Development Bank
IME remit

भगवती कम्पोजिट इण्डष्ट्रिज लिमिटेडले विगत १५ वर्षदेखि चितवनको भरतपुरमा अत्याधुनिक प्रविधि प्रयोग गर्दै गुणस्तरीय उद्योगजन्य बस्तुहरु उत्पादन गर्दै आइरहेको छ । यसको उद्देश्य उच्च गुणस्तरका, दिगो, सुरक्षित र प्रविधिमैत्री उत्पादनहरू नेपाली बजारमा उपलब्ध गराउनु रहेको छ । अत्याधुनिक सिट मोल्डिङ कम्पाउण्ड प्रविधिमा आधारित कभरहरू, डब्लु पी सी उच्च घनत्व hollow ढोका (WPC High Density Hollow Door), पार्टेशन बोर्ड एवम् वाल क्याडिङ्ग, वाल प्यानल जुन पानी, किरा, घाम र चिसोपन प्रतिरोधी हुनुका साथै दिगोपनाको दृष्टिले उत्कृष्ट, बलियो, टिकाउ र दीर्घकालीन प्रयोगका लागि उपयुक्त छन् ।

Fiber Reinforced Plastic Technology अन्तर्गत ढोका, झ्याल, ढोका–झ्यालको फ्रेम, फाइबर सिट, फाइबर बाथ टब, फाइबर स्लाइड तथा अन्य सबै प्रकारका फाइबर उत्पादनहरू उच्च गुणस्तरमा उत्पादन गर्दै आईरहेको छ ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.