मंगलवार, फाल्गुन ५,२०८२ 05:49:13
Bizshala
  • मंगलवार, फाल्गुन ५,२०८२ 05:49:13
Bizshala
Global IME Bank Limited

आईपीओ निष्कासनको अनुमति पर्खिरहेको जस्मिन पेन्ट्सले डाक्यो एजीएम

आईपीओ निष्कासनको अनुमति पर्खिरहेको जस्मिन पेन्ट्सले डाक्यो एजीएम
Shivam Cement

काठमाण्डौ । आईपीओ निष्कासनको अनुमति पर्खिरहेको जस्मिन पेन्ट्स लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । पुस ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले दोस्रो वार्षिक साधारण सभा डाकेको हो ।

उक्त सभा आगामी माघ ४ गते चितवनमा रहेको कम्पनी रजिष्टर्डको कार्यालयमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीको जारीपूँजीको २० प्रतिशत आईपीओ निष्कासन गर्ने र आईपीओबाट प्राप्त रकमको उपयोगको बारेमा निर्णय लिने प्रस्ताव पारित गरिनेछ ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

कम्पनीले जारी गर्ने सेयरमा जारीपूँजीको १० प्रतिशत आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि र बाँकी १० प्रतिशत सेयर आम सर्वसाधारणका लागि निष्कासन गरिनेछ । सर्वसाधारणलाई छुट्टाइएको सेयरको १० प्रतिशत सेयर श्रम स्वीकृती लिएर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि र ५ प्रतिशत संस्थामा कार्यरत कर्मचारी र ५ प्रतिशत सामूहिक लगानी कोषका लागि छुटेटाइएको छ ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

यस्तै सभामा गत आवको वार्षिक प्रतिवेदनसहित गत आवको सम्पूर्ण वित्तीय विवरणहरु समेत पारित गरिनेछ ।

कम्पनीको आईपीओ नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा रहेको छ । कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै गत भदौ १८ गते बोर्डमा आवेदन दिएको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरको कुल १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता सेयर निष्कासनका लागि बोर्डसँग अनुमति माग गरेको छ । कम्पनीको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.