सोमबार, फाल्गुन ४,२०८२ 02:22:07
Bizshala
  • सोमबार, फाल्गुन ४,२०८२ 02:22:07
Bizshala
Global IME Bank Limited

सालपा विकास बैंकको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

सालपा विकास बैंकको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
Shivam Cement

काठमाण्डौ । सालपा विकास बैंकको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले पहिलो चरणअन्तर्गत वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका जारी गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको हो ।

बैंकले गत मंसिर २५ गतेदेखि सर्वसाधारणलाई छुट्टाइएको मध्येबाट १० प्रतिशत अर्थात १ लाख ७२ हजार ३८८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका जारी गरेको थियो ।  

बैंकले नेपाल धितोपत्र बोर्डबाट गत मंसिर ८ गते १०० रुपैयाँ अंकित दरका १७ करोड २३ लाख ८८ हजार रुपैयाँ बराबरको १७ लाख २३ हजार ८८० कित्ता आइपीओ निष्कासनको अनुमति पाएको हो ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

जसमध्ये ५ प्रतिशत अर्थात ८६ हजार १९४ कित्ता सामूहिक लगानी कोषका लागि, ०.५० प्रतिशत अर्थात २६ हजार ११९ कित्ता कर्मचारीका लागि र १० प्रतिशत अर्थात १ लाख ७२ हजार ३८८ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि जारी गरिनेछ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले पनि न्यूनतम १० र अधिकतममा २५ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । यस्तो आवेदन धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा मेरो सेयर अनलाइनबाट समेत आवेदन दिन सकिनेछ ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

बैंकको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । पहिलो चरणअन्तर्गत वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर जारी गरिसकेपछि बैंकले दोस्रो चरणमा आम सर्वसाधारणलाई आईपीओ जारी गर्नेछ ।  

कम्पनीले दोस्रोचरण अन्तर्गत आम सर्वसाधारणका लागि १४ लाख ३९ हजार १७९ कित्ता सेयर जारी गर्नेछ ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.