सालपा विकास बैंकको आईपीओमा १४ गुणा बढी आवेदन
काठमाण्डौ । सालपा विकास बैंकको आइपीओमा १४.०२ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार आजसम्म कम्पनीको आइपीओमा १७ लाख १६ हजार ५८ जनाले आवेदन दिएका छन् ।बैंकको आइपीओमा हालसम्म कुल २ अर्ब १ करोड ९४ लाख ५० हजार रुपैयाँ बराबरको २ करोड १ लाख ९४ हजार ५०० कित्ताका लागि आवेदन परेको छ । जुन यो मागभन्दा १४ गुणा बढी आवेदन हो ।

