काठमाण्ठौ । सालपा विकास बैंक लिटिमेडले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्ने मुख्य उद्देश्यसहित साधारण सभा डाकेको छ । माघ २९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले बैंकको १३ औं साधारण सभा फागुन २७ गते आयोजना गर्ने निर्णय गरेको हो ।
उक्त सभामा आईपीओ निष्कासन गर्ने र यस प्रयोजनका लागि बैंकको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
यस्तै सभामा बैंकको गत आवको वित्तीय विवरणहरु समेत पारित गरिनेछ ।