काठमाण्डौ । सालपा विकास बैंकको आईपीओ बाँडफाँड भएको छ । बैंकले सर्वसाधारणका लागि जारी गरेको आईपीओ धितोपत्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा आज बिहान बाँडफाँड भएको हो ।
बैंकले गत पुस १६ गतेदेखि २० गतेसम्म आम सर्वसाधारणका लागि १४ लाख ३९ हजार १७९ कित्ता आईपीओ निष्कासन गरेको थियो । क्यापिटलका अनुसार कम्पनीको आईपीओमा कुल २३ लाख ८३ हजार ४०७ जनाले आवेदन दिएका छन् । यसमध्ये २२ लाख ६५ हजार ९५५ कित्ता सदर भएको छ । कुल सदर आवेदकमध्ये १ लाख ४३ हजार १७० जनालाई १० कित्ताका दरले सेयर बाँडफाँड गरिएको छ । बाँकी ९ कित्ता सेयर ९ जनालाई थप एक÷एक कित्ताका दरले बाँडफाँड गरिएको छ ।
आईपीओको नतिजा मेरो सेयर तथा सिडिएस एण्ड क्लियरिङको वेबसाइटमार्फत हेर्न सकिनेछ ।

