काठमाण्डौ । सालपा विकास बैंकको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । कम्पनीको आइपीओ आज बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँड भएको छ । क्यापिटलका अनुसार कम्पनीको आईपीओमा कुल २३ लाख ८३ हजार ४०७ जनाले आवेदन दिएका छन् । यसमध्ये २२ लाख ६५ हजार ९५५ कित्ता सदर भएको छ ।
कुल सदर आवेदकमध्ये १ लाख ४३ हजार १७० जनालाई १० कित्ताका दरले सेयर बाँडफाँड गरिएको छ । बाँकी ९ कित्ता सेयर ९ जनालाई थप एक÷एक कित्ताका दरले बाँडफाँड गरिएको छ । आइपीओ पाउने भाग्यमानी लगानीकर्ताहरुमा यतिबेला बैंकको आइपीओले पहिलो कारोबारको लागि कति ओपनिङ रेञ्ज पाउला भन्ने कौतुहलता बढेको छ ।
बैंकले पहिलो कारोबारको लागि १०१.२० रुपैयाँदेखि अधिकतम ३०३.६ रुपैयाँसम्म ओपनिङ रेञ्ज पाउने देखिएको छ । नेप्सेले जुनसुकै कम्पनीको पहिलो कारोबारको लागि सम्बन्धित कम्पनीको वास्तविक प्रतिसेयर नेटवर्थको आधारमा तीनगुणासम्म मूल्य तोक्ने गर्दछ ।
सालपा विकास बैैंकको आव २०८०/८१ को वास्तविक प्रतिसेयर नेटवर्थ १०१.२० रुपैयाँ रहेको छ ।

