मंगलवार, फाल्गुन ५,२०८२ 05:48:17
Bizshala
  • मंगलवार, फाल्गुन ५,२०८२ 05:48:17
Bizshala
Global IME Bank Limited

रिलायन्स स्पिनिङ मिल्सले खुलायो सर्वसाधारणका लागि आईपीओको बिक्री आवेदन

रिलायन्स स्पिनिङ मिल्सले खुलायो सर्वसाधारणका लागि आईपीओको बिक्री आवेदन
Shivam Cement

काठमाण्डौ । रिलायन्स स्पिनिङ मिल्सले आजदेखि आईपीओको बिक्री आवेदन खुला गरेको छ । कम्पनीले आम सर्वसाधारणका लागि ९ लाख २४ हजार ७६८ कित्ता सेयर जारी गरेको हो ।

कम्पनीले सार्वजनिक निष्काशन गरिने ११ लाख ५५ हजार ८६० कित्ता साधारण सेयरको ५ प्रतिशत अर्थात ५७ हजार ७८८ कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँड भईसकेको, १० प्रतिशत अर्थात १ लाख १५ हजार ५४६ कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्कासन गरिएकोमा सो को प्रि–अलोटमेन्ट भईसकेको ५ प्रतिशत अर्थात ५७ हजार ७८८ कित्ता साधारण सेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरी बाँकी रहेको ९ लाख २४ हजार ७६८ कित्ता साधारण सेयरहरु सर्वसाधारणका लागि निष्कासन गरेको हो ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यो आईपीओमा न्यूनतम ५० कित्ता र अधिकतममा २० हजार कित्ता सेयरका लागि आवेदन दिनु पर्नेछ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

यसका साथै लगानीकर्ताले मेरो सेयरबाट समेत आवेदन दिन सक्नेछन्। यो आईपीओ निष्काशन बन्द छिटोमा पुस ११ गते र ढिलोमा पुस २१ गते हुनेछ।  

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।  

कम्पनीले गत मंसिर २२ गतेदेखि पहिलो चरणअन्तर्गत उद्योग प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका लागि यसअघि आईपीओ जारी गरिसकेको छ । 

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.