मंगलवार, आश्विन १३,२०८३ 06:34:20
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 06:34:20
Bizshala
Global IME Bank Limited

जलविद्युत कम्पनीहरुको आईपीओ रोकिनु हुँदैन : देउवा

Bizshala
जलविद्युत कम्पनीहरुको आईपीओ रोकिनु हुँदैन : देउवा
New Office

काठमाण्डौ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जलविद्युत कम्पनीहरुको आईपीओ निष्कासन प्रक्रिया रोकिन नहुने बताएका छन् । देउवाले आज काठमाण्डौमा स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान)को २३ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

देउवाले आफूले जलविद्युत कम्पनीहरुको सेयर निष्कासन रोकिएको कुरा सुनेको बताउँदै धितोपत्र बोर्डले चाँडै सेयर निष्कासन गर्ने विश्वास व्यक्त गरे । ‘ सेयर निष्कासन प्रक्रिया  रोक्नुहुँदैन भन्ने मान्यता छ। ऊर्जा नेपालको लागि अत्यन्त महत्त्वपूर्ण र प्रकृतिले दिएको सम्पत्ति हो। ऊर्जाको विकासका लागि हामी अघि बढ्नुपर्छ। ग्रिन इनर्जीमा ध्यान बढी दिन सक्यौँ भने हामीलाई राम्रो हुन्छ,’ उनले भने ।  

यस्तै उक्त अवसरमा उनले जलविद्युत क्षेत्रमा सहज र सरल माध्यमबाट लगानी गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए । लगानीकर्तालाई दुःख दिन नहुने भन्दै उनले स्वदेशी तथा विदेशी लगानीकर्तालाई ढुक्कसँग लगानी गर्ने वातावरण बनाउनु पर्ने बताए ।   

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.