आईतवार, बैशाख ६,२०८३ 05:37:26
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 05:37:26
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

प्रभु केवलकारले अघि बढायो आईपीओ निष्कासनको प्रक्रिया, कुमारी क्यापिटलसँग सम्झौता

Bizshala
प्रभु केवलकारले अघि बढायो आईपीओ निष्कासनको प्रक्रिया, कुमारी क्यापिटलसँग सम्झौता
Shivam Cement

काठमाण्डौ । प्रभु केवलकार एण्ड टुरिजम लिमिटेडले आईपीओ निष्कासनको प्रक्रिया अघि बढाएको छ ।  कम्पनीले ३० करोड रुपैयाँबराबरको आईपीओ निष्कासनको प्रक्रिया अघि बढाएको हो ।  

यस विषयमा कम्पनी र कुमारी क्यापिटल लिमिटेडबीच आईपीओ निष्काशन गर्न बिक्री प्रबन्धक नियुक्तिसम्बन्धि सम्झौता भएको छ ।  

बिक्री प्रबन्धक नियुक्तिसम्बन्धि उक्त सम्झौतापत्रमा प्रभु केवलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष भोज कुमार खड्का र कुमारी क्यापिटल लिमिटेडको तर्फवाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् । प्रभु ग्रुप्स एण्ड कम्पनीज् अन्र्तगतका प्रभु ऊर्जा कृषि पर्यटन विकास लिमिटेड, प्रभु होल्डिङ्गस् एण्ड हाईड्रो डेभलपमेन्ट कम्पनी लिमिटेड, हाईड्रो होल्डिङ्गस् एण्ड पावर डेभलपमेन्ट कम्पनी लिमिटेड, प्रभु स्टिल्स एण्ड हाईड्रो ईक्युपमेन्ट इण्डस्ट्रिज लिमिटेड गरी ४ वटा कम्पनीको मुख्य लगानीमा स्थापित प्रभु केवलकार एण्ड टुरिजम र कुमारी क्यापिटलबीच आज सेयर निष्काशन गर्न सम्र्पूण कार्य गर्ने गरी सम्झौता सम्पन्न भएको हो । 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

प्रभु केवलकारको लगानीमा ३ वटा केवलकार परियोजनाहरु अगाडी बढेका छन् । जस मध्ये बुटवलमा भगवान गौतम बुद्धको कुलगुरु ऋषि कालदेवलको आश्रम र नुवाकोट गढी पाल्पा जाने सिद्धार्थ केवलकार परियोजना गत असोजदेखि व्यवसायिक रुपमा सञ्चालनमा आईसकेको छ । उक्त केवलकारबाट छोटो समयमा नै ७५ भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकहरुले यात्रा गरि सकेका छन् । प्रभु केवलकार एण्ड टुरिजम लिमिटेड नै उक्त सिद्धार्थ केवलकार कम्पनीको मुख्य लगानीकर्ता कम्पनी हो ।  

CG Motors
Garima Development Bank
IME remit

यो केवलकार बुटवलस्थित फुलबारी पार्क रहेको देउराली डाँडादेखिपाल्पाको नुवाकोटमा पुग्दछ । जहाँ राजा मणिमुकुन्द सेनको दरबार, संस्कृतिक डबली, कामना भैरवको मन्दिर, कर्णेल उजीर सिंहको शालिक लगायत विभिन्न पुरातात्विक सम्पदा समेत रहेका छन् ।  

त्यस्तै, प्रभु केवलकार एण्ड टुरिजम लिमिटेड कम्पनीको लगानीमा सुदुरपश्चिमस्थित बाजुरा जिल्लाको बडीमालिका मन्दिर र चितवनको ईच्छाकामना मन्दिरमा निकट भविष्यमा केवलकार बनाइ सञ्चालन गर्ने कम्पनीको तयारी रहेको छ । यस कम्पनीले जलविद्युत, कृषि, पर्यटन, विभिन्न उत्पादन मुलक उद्योग र साहासिक पर्यटनमा समेत लगानी गर्दै दोस्रो बजारमा राम्रो उपस्थिति गरिरहेको जनाएको छ ।  

कम्पनीले चालु आवको पहिलो त्रैमासिकमा रु.५ करोड भन्दा बढि मुनाफा आर्जन गरेको छ ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.