काठमाण्डौ । इन्टरनेशनल हिमालयन हस्पिटालिटि एण्ड होटल लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको मुख्य अजेण्डासहित विशेष साधारण सभा डाकेको छ ।
कम्पनीको वैशाख २८ गते बसेको सञ्चालक समितिको बैठकले आगामी जेठ १६ गतेका लागि विशेष सभाको मिति तय गरेको हो ।
उक्त सभामा कम्पनीको सार्वजनिक सेयर निष्कासन(आईपीओ) जारी गर्ने ,कम्पनीको अधिकृत,जारी तथा जारी पूँजी थप गर्ने र सोको नेपाल सरकार कम्पनीको रजिष्ट्रार कार्यालयमा अभिलेश गर्ने प्रस्ताव पारित गरिनेछ ।