इन्टरनेशनल हिमालयन हस्पिटालिटिले आईपीओ निष्कासन गर्ने, डाक्यो विशेष साधारण सभा
काठमाण्डौ । इन्टरनेशनल हिमालयन हस्पिटालिटि एण्ड होटल लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको मुख्य अजेण्डासहित विशेष साधारण सभा डाकेको छ । कम्पनीको वैशाख २८ गते बसेको सञ्चालक समितिको बैठकले आगामी जेठ १६ गतेका लागि विशेष सभाको मिति तय गरेको हो ।