सोमबार, फाल्गुन ४,२०८२ 12:10:51
Bizshala
  • सोमबार, फाल्गुन ४,२०८२ 12:10:51
Bizshala
Global IME Bank Limited

शिखर पावरको आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला

शिखर पावरको आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला
Shivam Cement

काठमाण्डौ । शिखर पावर डेभलपमेन्ट लिमिटेडले आजदेखि आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आईपीओ जारी गरेको हो।  

कम्पनीले गत पुस १६ गते ३२ करोड रुपैयाँबराबरको रु. १०० अंकित दरका ३२ लाख कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।  

सर्वसाधारणको लागि छुट्याइएको मध्ये जारी पूँजीको १० प्रतिशत अर्थात अर्थात् रु.९ करोड ८० लाख रुपैयाँबराबरको प्रतिसेयर अंकित मूल्य रु.१०० दरको ९ लाख ८० हजार कित्ता साधारण सेयर वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनमा भएको विवरण तथा विद्युत उत्पादन अनुमतिपत्रको आधारमा आयोजना प्रभावित क्षेत्र बागलुङ जिल्लाको बडिगाड गाउँपालिकाको वडा नं. १ देखि १० सम्मका सम्पूर्ण वडाहरु (साविक दगातुन्डाँडा गाविस, सीसाखानी गाविस, जलजला गाविस, ग्वालिचौर गाविस, श्रीमगिठे गाविस, रणसिंहकिटेनी गाविस र दर्लिङ गाबिसका सम्पूर्ण वडाहरु) र आयोजनाको विद्युत प्रसारण लाईनबाट प्रभावित क्षेत्र बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका बडा नं. २ (साविक बुर्तिवाङ गाविसको वडा नं. २, ३, ४ र ५ मात्र) का स्थानीय बासिन्दाहरुको लागि निष्काशन गरी बिक्री गरिने छ ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

बाँकी २२ करोड २० लाख रुपैयाँबराबरको प्रतिसेयर अंकित मूल्य रु.१०० दरको २२ लाख २० हजार कित्ता साधारण सेयरमध्ये १० प्रतिशत अर्थात २ लाख २२ हजार कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहिरहेका नेपाली नागरिकहरुको लागि बिक्री गरिनेछ ।

यदि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरु र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुको लागि निष्काशन गरिएको सेयर सम्पूर्ण रूपमा बिक्री नभई बाँकी रहेमा बाँकी रहेको सेयर समेत सर्वसाधारणमा समायोजन गरि निष्काशन गरिने कम्पनीले जनाएको छ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० र अधिकतममा १० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्कासन बन्द छिटोमा माघ २० गते र ढिलोमा फागुन ८ गते हनेछ । वैदेशिक रोजगारीमा रहेका लागि भने आईपीओ निष्कासन बन्द छिटोमा माघ ९ गते र ढिलोमा माघ २० गते हुनेछ ।

आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाले ग्लोबल आइएमई बैंक नक्साल, ग्लोबल आइएमई बैंक बुर्तिवाङ, ग्लोबल आइएमई बैंक बाग्लुङ बजार, प्रभु बैंक ग्वालीचौर बाग्लुङ, गरिमा विकास बैंक बुर्तिवाङ र साइन रेसुङ्गा डेभलपमेन्ट बैंक बुर्तिवाङ शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।  

यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा मेरो सेयर अनलाइनबाट समेत आवेदन दिन सक्नेछन् ।  

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा  ग्लोबल आइएमई क्यापिटल रहेको छ । पहिलो चरणअन्तर्गत वैदेशिक रोजगारीमा रहेका र आयोजना प्रभावित क्षेत्रका बासिन्दका लागि सेयर जारी गरिसकेपछि कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणलाई आईपीओ जारी गर्नेछ ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.